- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

सुनसरी । धरान उप–महानगरपालिका–४ बाट भारतीय गाडीमा ठुलो परिमाणमा गाँजा भेटिएको छ । जीजे ०१ एचक्यू २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा तीन सय किलो गाँजा भेटिएको हो ।

गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भारतीय स्कारपियो गाडी खानतलासी गर्दा गाँजा भेटिएको हो । सडकको छेउमा रोकिराखेको गाँडीमा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

गाडी चालक भने फेला परेका छैनन् । गाँजासहित गाडी नियन्त्रणमा लिइएको र चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!