संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको गाउँसभाले सहिदभूमि गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको छ । मेलमिलापकर्ताहरुको सूचिलाई अनुमोदन गर्ने प्रस्ताव र आर्थिक वर्ष २०७९/८० को विनियोजन ऐन संसोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

पालिकाका प्रमुख, उपप्रमुख कार्यपालिकाका सदस्य, सात वटै वडाका अध्यक्ष, सदस्य लगायत सहभागि सभामा प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!