- संगालोखबर सम्बाददाता

काठमाडौं । युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

Advertisement

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो । डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भएको हो ।

जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँन सफल भयो । योसँगै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!