- संगालोखबर सम्बाददाता

विराटनगर । सात बुँदे घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भेलाले सामुदायिक रेडियोहरूको दिगोपनाका लागि प्रसारकहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

Advertisement

रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने र समुदायको आवाजका रुपमा सामुदायिक रेडियोलाई विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, सम्बन्धित जिल्लामै रेडियो नवीकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायत विषय घोषणापत्रमा समावेश गरिएको (अकोराव) कोशी प्रदेशका अध्यक्ष विदुर खवासले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउन खोजेको भन्दै रेडियो सञ्चालकहरूले त्यसविरुद्ध आवाज उठाउनुपर्ने बताए । साधारण सभामा कोशी प्रदेशभरका अधिकांश सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरू सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!