संगालोखबर सम्बाददाता

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले गरेको विशेष समारोहमा पौडेलले शपथ ग्रहण गरेका हुन् ।

Advertisement

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस बरिष्ठ नेता पौडेल एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मिएका पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रापछि गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!