संगालोखबर सम्बाददाता

धनकुटा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित विद्यार्थीहरूलाई नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाले सम्मानसहित बधाई ज्ञापन गरेको छ ।

Advertisement

धनकुटाका बिभिन्न क्याम्पसमा स्ववियुको पदाधिकारी तथा सदस्य पदमा निर्विरोध निर्वाचित अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको हो ।

मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सन्तोष बुढाथोकी, जाल्पादेवी क्याम्पसका स्ववियु अध्यक्ष निर्मला कार्की, जितपुर क्याम्पसका उपाध्यक्ष यमुना पुलामी मगर, भाषा क्याम्पसका उपाध्यक्ष चुडामणी बरालसहित स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य जीवन घिमिरे, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, उपसचिव शिव आङ्ला, सचिवालय सदस्य टंक चुवान, अंकित थापा, अनेरास्ववियुका केन्द्रिय सदस्य बसन्त राई, जिल्ला अध्यक्ष प्रकाश गिरी लगायतले विद्यार्थीहरूलाई अबिर र खादा लगाई सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका छन् ।

उनीहरूले विद्यार्थीको हकहित र गुणस्तरीय शिक्षाका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!