संगालोखबर सम्बाददाता


विराटनगर । युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै मोर्डनयराले उपाधि जितेको हो ।

सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो । मोर्डनयराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता बनेको हो । जीतसँग मोर्डनयरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उवविजेता इडनबर्ग कलेजले नगद २१ हजारमा चित्त बुझाएको छ ।

Advertisement

प्रतियोगिताको विजेता टिमलाई कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जामन्त्री तीलकुमार मेन्याङ्वोले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका छन् । यस्तै उपविजेता टिमलाई नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कोशी प्रदेशका पूर्व अध्यक्ष सागर थापाले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका मोर्डनयराका रविन गौतमले नगद १० हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा इडनबर्गका सुमन बुढाथोकी, उत्कृष्ट सेटरमा मोर्डनयराका दमन खवास, उत्कृष्ट सर्बरमा मोर्डनयराका पुकार तामाङ, उत्कृष्ट लिब्रोमा मोर्डनयराका योगेश राई, उत्कृष्ट ब्लकरमा इडनबर्गका विराज थापा र उदयमान खेलाडीमा इडनबर्गका सुसन धिमाललाई पुरस्कृत गरिएको छ । उनीहरुले जनही ५–५ हजार प्राप्त गरेका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगितामा ९ टिमबीच उपाधिका लागि प्रतिष्प्रधा भएको खेल संयोजक नवराज नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!