- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

सोमबार बिहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने युवा संघका धनकुटा अध्यक्ष प्रविण पोखरेलले जानकारी दिए । उनले रक्तदानमा सहभागि हुन सबैलाई आग्रह पनि गरेका छन् ।

Advertisement

यही चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा युवा संघको राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको अवसर पारेर युवा संघले देशभर बिभिन्न कार्यक्रम गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!