- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । आफ्नै श्रीमानले चलाएको को.७ प ५६५ नम्बरको मोटरसाइकलबाट लडेर बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेबीको मृत्यु भएको हो ।

घटना गएराती करिब साँढे १ बजेको हो । चन्द्रकलादेवीका श्रीमान ४१ बर्षीय शैलेन्द्र रायले मोटरसाइकल चलाएका थिए । मोटरसाइकल गुडिरहेका बेला चन्द्रकलादेवी आफै रोडमा खसेकी हुन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि श्रीमान शैलेन्द्रलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!