- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

झापा । झापाको मेचीनगर नगरपालिका–४ राईसिङ टोलमा आज डाले घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया छन् ।

बिहान करिब ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढेर डाले घाँस काट्ने क्रममा विद्युतको तार छोइएर उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका कडरियालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!