विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।

नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको हो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

चाँडै नै विशेष समारोह आयोजना गरेर उनीहरुलाई सम्मान गरिने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!