जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो । उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्‍य पीडा भएपछि आफन्तले उनलाई उपचारक...
मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

विराटनगर । औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधी विज्ञानमा स्नातकोत्तर तहको  ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ । विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले   औषधि विज्ञानमा स्नातकोत्तर तह  ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम विज्ञ, उ...
आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना

आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना

विराटनगर । आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी देखि अति भारी वर्षाको सम्भावना देखिएको हो । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ...
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

विराटनगर । कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले उल्लेख गरेका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । ‘दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि हामी अन्यौलमा पर्यौँ । तुरुन्त शल्यक्रिया गर्...
प्रहरीले किन दुर्गा प्रसाईंलाई विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याइदियो ?

प्रहरीले किन दुर्गा प्रसाईंलाई विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याइदियो ?

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याइदिएको छ । विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उनलाई प्रहरीले सिधै घर पुर्‍याइदिएको हो । उनले बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणी...
सय पर्यटकीय गन्तव्य सूचीमा समावेश नमस्ते झरना र पटेक डाँडा सुनसान

सय पर्यटकीय गन्तव्य सूचीमा समावेश नमस्ते झरना र पटेक डाँडा सुनसान

धनकुटा । नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ को सूचीमा धनकुटाको नमस्ते झरना र पटेक डाँडालाई पनि समावेश गरेको थियो । तर प्राकृतिक विपत्ति र आवश्यक पूर्वाधार निर्माण नहुँदा पछिल्लो समय यी पर्यटकीय गन्तव्य सुनसान जस्तै बनेका छन् । नमस्ते झरना र पटेक डाँडा सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपनि प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव लगायतका कारणले पछि परेका हुन् । यस्तै स्थानीय...
विराटनगरमा पक्राउ परेका २६ जेनजी अभियन्ता रिहा

विराटनगरमा पक्राउ परेका २६ जेनजी अभियन्ता रिहा

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने क्रममा पक्राउ परेका २६ जना जेनजी अभियन्ता रिहा भएका छन् । शनिबार राति कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले उनीहरूलाई छाडिएको जानकारी दिए । ‘धर्नाका क्रममा हट्न आग्रह गर्दा...
विराटनगरमा भएको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन

विराटनगरमा भएको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन

विराटनगर । विराटनगर-१ शान्तिचोकमा भएको वृहत खुला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । समाजमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै शान्तिचोक युवा समूहले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डल तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा जनप्रतिनिधि, ...
विश्वकपको सेमिफाइनल समीकरण पूरा, कुन-कुन टोली पुगे सेमिफाइनलमा ?

विश्वकपको सेमिफाइनल समीकरण पूरा, कुन-कुन टोली पुगे सेमिफाइनलमा ?

विराटनगर । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आज बिहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् । यही दुई टोली सेमिफाइनलमा भिड्ने छन् । यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनल पुग्ने चारै टिम पूर्वविजेता हुन् ...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार...
जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछ...
विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । आज बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली र १४० ग्राम गाँजा बरामद भएको सश...
जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएपछि क्षतिग्रस्त भएको भाटभटेनी आजबाट सञ्चालनमा आएको हो । भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले वैदिक सनातन पद्धतिअनुसार पूजाआजा गरी स्टोरको उद्‌घाटन गरिन् । उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट पुनः उठ्न स...
अदालती काम र न्यायिक सुशासनलाई व्यवस्थित बनाउनु पर्नेमा जोड

अदालती काम र न्यायिक सुशासनलाई व्यवस्थित बनाउनु पर्नेमा जोड

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासमा बसेको बैठकले अदालती काम, कारबाही र न्यायिक सुशासनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन जोड दिइएको छ । उच्च न्याय क्षेत्र समन्वय समितिको बैठकले यस क्षेत्रमा रहेका चुनौतीहरूको समाधान गर्दै न्यायिक सुशासन कायम गर्न जोड दिएको हो । बैठकले उच्च अदालत विराटनगर धनकुटा इजलासको क्षेत्राधिकारभित्र पर्ने अदालत, अर्धन्यायिक निकाय तथा सुरक्षा निकायहरूसँग कानुनी विष...
धनकुटामा जलाइयो एक हजार किलो गाँजा

धनकुटामा जलाइयो एक हजार किलो गाँजा

धनकुटा । धनकुटामा विभिन्न समयमा बरामद गरिएको एक हजार किलो बढी गाँजा जलाएर नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले मूलघाटस्थित तमोर नदी किनारमा एक हजार दुई किलो तीन सय ग्राम गाँजा जलाएर नष्ट गरेको हो । यस्तै तीन हजार आठ सय ३६ ट्रामाडोल क्याप्सुल, तीन हजार सात सय ८१ ट्याब्लेट रेसिसपासल, ४१ ट्याब्लेट स्पासपेन र डेकोलिक एक ट्याब्लेट पनि जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको लागू...
ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोलुखुम्बु । ओखलढुङ्गा र सोलुखुम्बुका तीन विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ मा रहेको कालिका माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका-१० मा रहेको त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका विद्या...
कोशी प्रदेशमा डेंगु संक्रमण घट्यो

कोशी प्रदेशमा डेंगु संक्रमण घट्यो

धनकुटा । कोशी प्रदेशमा डेंगु संक्रमण घट्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षयताको तथ्याङ्कले डेंगु संक्रमण घट्दै गएको देखाएको हो । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशीमा ४ हजार ८ सय २३ जनालाई डेंगु संक्रमण भयो । आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ८ सय ६३ जनामा डेंगु संक्रमण हुँदा २०८०/८१ म १८ हजार ६७ जनामा डेंगु संक्रमण भएको थियो । यसवर्ष कोशीमा तराईका तीन जिल्लामा ३ हजा...
युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजा र भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयवासी र प्रहरीबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अवस्था तनावग्रस्त बनेको हो । वार्ता विफल भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । घटनाका क्रममा प्रहरीले एक जना...
विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेका छन् । प्रहरीले पिछा गरेको थाहा पाएपछि पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादव दुई दिनपछि मृत भेटिएका हुन् । आज बिहान १०ः३० बजेतिर पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा ...
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-१ घर भएकाका २५ वर्षीय नेपालीको वीर अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो । यसअघि अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकार...
कोशीमा ३१.४९ प्रतिशत धान रोपाइँ

कोशीमा ३१.४९ प्रतिशत धान रोपाइँ

विराटनगर । कोशी प्रदेशमा ३१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशको तथ्याङ्क अनुसार असार २२ गतेसम्म ३१.४९ प्रतिशत रोपाइँ भएको हो । गतवर्ष यही समयमा २९.५४ प्रतिशत रोपाइँ भएको थियो । कोशीमा कुल दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये ८७ हजार ३३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । निर्देशनालयका अनुसार उच्च पहाडमा २३.८३, मध्य पहाडमा ४२.७...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय ७० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय १० र...
मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

विराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले कारबाट गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले बिहीबार राति बा १२ च ७५५२ नम्बरको कारसहित गाँजा बरामद गरेको हो । सशस्त्रलाई देख्‍नासाथ चालक भने कार छाडेर फरार भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी मधुमल्लाबाट खटिएको गस्ती टोलीले नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएको हो । कार निय...
किसानलाई सँधै मलकै चिन्ता

किसानलाई सँधै मलकै चिन्ता

विराटनगर । असार सकिन केही दिन मात्रै बाँकी छ । कृषक यतिबेला रोपाइँको चपेटामा छन् । तातो घामको प्रवाह नगरी परिश्रम गरिरहेका कृषकहरूलाई लगानी उठ्छ, उठ्दैन भन्ने चिन्ता छ । कारण हो समयमै मलखाद नपाउँनु । मोरङको कटहरी गाउँपालिकाका दुखराम माझी थारुले अर्काको खेत अधियाँमा लिएर धान रोपेका छन् । तर अहिलेसम्म मल नपाउँदा उनी दुःखी छन् । ‘अर्काको खेत अधियाँमा लिएको छु । अहिलेसम्म मल पाएको छैन’, उनले भने, ...
सुनसरीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

सुनसरीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको खाली पिकअप गएराति अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअप चालक मोरङको रंगेली नगरपालिका-३ दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जि...
नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने भएका छन् । अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस...
सप्तकोसी नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

सप्तकोसी नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

विराटनगर । सप्तकोसी नदीमा तैरिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरी कोसी गाउँपालिका-७ स्थित केराबारी र भन्टाबारी बीच भागको सप्तकोसी नदीबाट ३०८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा प्लास्...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय ६० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ४० ...
विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगर । नक्कली नागरिकता प्रमाणपत्र बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर-११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ रहेका छन् । सप्तरी स्थायी घर भई हाल विराटनगर-१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामत बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुगिन् । सो क्रम...
धनकुटा बजारका होटलमा छड्के अनुगमन, अखाद्यवस्तु भेटिएपछि जरिवाना

धनकुटा बजारका होटलमा छड्के अनुगमन, अखाद्यवस्तु भेटिएपछि जरिवाना

धनकुटा । धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटलहरूमा छड्के अनुगमन गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा अखाद्यवस्तु भेटिएपछि एउटा होटललाई जरिवाना गरिएको छ । जिल्ला अस्पताल नजिकै सञ्चालित काफ्ले होटलको भान्सामा सरसफाइ नभएको र पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । सात वटा होटलहरूको अनुगमनका क्रममा म्याद गु...
ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचारका क्रममा एक बन्दीको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सन्देश राईको आज मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दाका बन्दी राईलाई उपचारका लागि असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । राईलाई जिल्ला अदालत पाँचथरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार पा...
error: Content is protected !!