- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुढेबाट लेगुवा जाँदै गरेको को २ त ७३६ नम्बरको ट्याक्टर दिउँसो करिब ३ः२० बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक संखुवासभाको मादीका ३० वर्षीय गुणन विकको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याक्टर सडकको भित्तामा ठोक्किएको छ । सोही ट्याक्टरको चक्काले भित्तामा चेपेर चालक विकको मृत्यु भएको हो ।  

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!