- संगालोखबर सम्बाददाता

मोरङ । श्रीमतीको हत्या गरेर फरार भएका मोरङको बेलबारी नगरपालिका–१ का हेमकर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका १० स्थित बसपार्कबाट ५७ बर्षीय महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

Advertisement

उनले गत फागुन २५ गते घरायसी वादविवादका क्रममा ५३ बर्षीया श्रीमती देवी महतलाई टाउकोमा धारिलो हतियार प्रहार गरी मारेर फरार भएका थिए । घटनापछि प्रहरीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा घटना भएको एक सातापछि उनी पक्राउ परेका हुन् ।

महतलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!