विराटनगरबाट हुन्डी कारोबारी पक्राउ
विराटनगर । हुन्डी कारोबारमा संलग्न विराटनगरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ सुडी वस्तीका ३१ वर्षीय धर्मानन्द साह छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह करिब ४ः३० बजे विराटनगर–६ बाट साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘उनले हुन्डी कारोबार गर्ने गरेको हामीलाई सूचना थियो...






























