संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

२०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १५ औं संस्करण हो । ०६३ सालयता बर्सेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोगिता तीन वर्षपछि पुनः सञ्चालन गर्न लागिएको हो । आयोजक समितिले प्रतियोगिताको पुरस्कार राशि पनि बढाउँने निर्णय गरेको छ ।

Advertisement

यस पटकको विजेताले ७ लाख र उप विजेताले ३ लाख ५० हजार पाउने मूल आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । ‘पहिले विजेतालाई ५ लाख र उपविजेतालाई अढाई लाख दिएका थियौं,’ संयोजक प्रधानले संगालोखबरसँग भने, ‘प्रतियोगितामा थप आकर्षण बढाउँन यसपटक पुरस्कार राशि बढाएर ७ लाख पुर्याएका छौं ।’

प्रतियोगिता सञ्चालनका लागि नौ वटा उपसमिति पनि निर्माण गरिएको छ । शम्भु प्रधानको संयोजकत्वमा आर्थिक संकलन, गोविन्द राईको संयोजकत्वमा फिल्ड व्यवस्थापन, विनय राईको संयोजकत्वमा मञ्च तथा अतिथि स्वागत, विदुर खवासको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया व्यवस्थापन र रूपेश श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक तथा गेट व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

त्यस्तै, नवीन किशोर शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य उपचार, रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम तयारी, शिशिर श्रेष्ठको संयोजकत्वमा सचिवालय सञ्चालन र सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति निर्माण गरेर तयारी थालिएको आयोजक समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!