- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएको छ । मिसन ग्रासरुट अभियानमा जुटेको एमालेले जिल्लामा क्रियाशील २२ वटै जनसङ्गठनको संयुक्त भेला आयोजना गरेर प्रशिक्षण दिएको हो ।

Advertisement

एमालेले देशभर पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । फागुन ५ गतेबाट सुरु भएको यो अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । सोही अभियान अन्तर्गत एमालेले सबै जनसङ्गठनका जिल्ला इन्चार्ज, पदाधिकारी र सदस्यहरूको संयुक्त भेला आयोजना गरेर उनीहरूलाई प्रशिक्षण दिएको हो । एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजना गरिएको भेलामा पार्टी केन्द्रिय सदस्य जीवन घिमिरे र जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले सहभागीहरूलाई प्रशिक्षण दिएका छन् ।

केन्द्रिय सदस्य घिमिरेले मिसन ग्रासरुट अभियान र जनसंगठन परिचालनका विषयमा प्रशिक्षण दिए । प्रशिक्षणका क्रममा उनले टोल, वडा र पालिकामा केन्द्रिय मिसन ग्रासरुट अभियानमा व्यापक परिचालित भई जनताको मन जित्ने गरी काम गर्न जनसङ्गठनका नेता कार्यकर्तालाई निर्देशन दिए ।

जनसङ्गठनहरू नै पार्टीको मेरुदण्ड भएको बताउँदै नेता घिमिरेले पार्टीलाई मजबुत बनाउँन सबै जनसङ्गठनहरू क्रियाशील हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, जिल्ला अध्यक्ष पराजुलीले पार्टी संगठन सञ्चालन नियमावलीका बारेमा जानकारी गराउँदै जनसङ्गठनको भूमिकाका विषयमा प्रशिक्षण दिए ।

जनसंगठन विना पार्टी अघि बढ्न नसक्ने भन्दै अध्यक्ष पराजुलीले सबै जनसंगठनहरुलाई विधि, पद्धति अनुसार चलाएर सक्रिय बनाउँन निर्देशन दिए ।

भेलामा राष्ट्रिय युवा संघ, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल महिला संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, प्रेस चौतारी, पेशागत महासंघ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघ, नेपाल उत्पीडित मुक्ति समाज, अखिल नेपाल किसान महासंघ लगायत २२ वटै जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरू सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!