कोशी प्रदेशका ९७ प्रतिशत घरपरिवारमा शौचालय

कोशी प्रदेशका ९७ प्रतिशत घरपरिवारमा शौचालय

विराटनगर । कोशी प्रदेशमा ९६.८ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा बिहीबार सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये ३.२ प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ । राष्ट्रिय जनगणन...
धनकुटाका बेलबहादुरको शव भेटियो खोल्सीमा

धनकुटाका बेलबहादुरको शव भेटियो खोल्सीमा

धनकुटा । धनकुटा नगरपालिका–६ कोल्डस्टोरका बेलबहादुर राई आज बिहान मृत फेला परेका छन् । स्थानीय फोक्लेण्डटापुस्थित सडक तल्तिर खोल्सीमा ४२ वर्षीय राईको शव फेला परेको हो । बिहान करिब ९ः३० बजे स्थानीयवासीले खोल्सीमा शव भेटेका हुन् । हिजो साँझ नै घरबाट निस्किएका उनी नफर्किएपछि खोजी भइरहेको थियो । शव भेटिएको खबर पाएपछि पुगेको प्रहरी टोलीले मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ...
प्रेस चौतारी धनकुटाको साधारण सभा आगामी शनिवार हुने

प्रेस चौतारी धनकुटाको साधारण सभा आगामी शनिवार हुने

धनकुटा । प्रेस चौतारी धनकुटाको वार्षिक साधारण सभा आगामी शनिवार हुने भएको छ । चौतारी जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । चौतारीका जिल्ला अध्यक्ष रविन कटेलको अध्यक्षतामा बसेको बैठकले साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न चार वटा उपसमिति निर्माण गरेको छ । उपाध्यक्ष विश्वराज श्रेष्ठको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन, सचिव भीम मल्लको संयोजकत्वमा मञ्च...
पम्प र पाइप जलेपछि धनकुटामा खानेपानीको हाहाकार, संकट टार्न दमकलबाट पानी वितरण

पम्प र पाइप जलेपछि धनकुटामा खानेपानीको हाहाकार, संकट टार्न दमकलबाट पानी वितरण

धनकुटा । पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । धनकुटा नगरपालिका–३ सेउलेस्थित वाग्ले सामुदायिक बन र देब्रेवासको बनमा डढेलोका कारण खानेपानीको करिब ३ किलोमिटर पाइप लाइनमा क्षति पुगेको छ । बञ्चरे खोलाबाट ‘पम्पिङ’ गरेर पानी ल्याउन प्रयोग गरिएको नौ वटा पम्प पनि विद्युत गडबडीका कारण जलेपछि धनकुटामा दुई साता यता खानेपानी वितरणमा समस्या आएको हो । जसका...
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ । तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नगरस्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार दिइने

नगरस्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार दिइने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई नगद दुई लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो ।  कक्षा ६ देखि ९ सम्मका समग्र विद्यार्थीको नतिजाक...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित पिपल चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत छन् । आइतबार राती करिव साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किएको थियो । दुर्घटनामा भगत घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थि...
धनकुटामा ‘महेन्द्रा वाटर प्युरिफायर’ को शाखा विस्तार

धनकुटामा ‘महेन्द्रा वाटर प्युरिफायर’ को शाखा विस्तार

धनकुटा । पानी शुद्धिकरण गर्ने फिल्टरसहितका सामान उत्पादन गर्दै आएको महेन्द्रा वाटर प्यूरिफायर कम्पनीले धनकुटामा शाखा विस्तार गरेको छ । धनकुटा सदरमुकाममा औपचारिक कार्यक्रम गरेर कम्पनीले आफ्नो शाखा उद्घाटन गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले दीप प्रज्वलन गरेर शाखा उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले धनकुटा नगरवासीलाई पर्याप्त र शुद्ध पिउने पानी उपलब्ध गरा...
माइत जाने क्रममा टेम्पु पल्टिँदा धनकुटाकी धनमायाको मृत्यु, श्रीमान र छोरा घाइते

माइत जाने क्रममा टेम्पु पल्टिँदा धनकुटाकी धनमायाको मृत्यु, श्रीमान र छोरा घाइते

धनकुटा । माइती घर जाने क्रममा टेम्पु पल्टिँदा धनकुटा नगरपालिका–१ हिलेकी धनमायाँ तामाङको मृत्यु भएको छ । श्रीमान र छोरा घाइते भएका छन् । हिलेबाट भोजपुर नगरपालिका–९ स्थित माइती जाने क्रममा तामाङको परिवार सवार को २ ह ७४८५ नम्बरको टेम्पु गएराती करिब ११ः३० बजे अरुण गाउँपालिका–६ जरायोटारमा दुर्घटना भएको हो । टेम्पु पल्टिँदा ३९ बर्षीया धनमायाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि धरानस्थित ...
हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा कुसुमकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । प्रतिष्ठानको चौथो साधारणसभाले माओवादी नेतृ श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र विष्ट र नगेन्द्र गहतराज, महासचिवमा विष्णुमाया कन्दङ्वा, सचिवमा दुर्गा खजुम सुब्बा र कोषाध्यक्षमा भीम खेवा निर्वाचित भएका छन् । सदस्यहरूमा रोम बाजिम्पाक, ...
तमोर भ्यालीद्वारा सांसद पराजुलीलाई सम्मान

तमोर भ्यालीद्वारा सांसद पराजुलीलाई सम्मान

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर भ्याली सेकेण्डरी बोडिङ्ग स्कुलले कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीलाई सम्मान गरेको छ । विद्यालयको ३० औं अभिभावक दिवस तथा फडिन्द्रप्रसाद लुइटेलको १३ औं स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा सांसद पराजुलीलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि लुइटेल र विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुइटेलले सांसद प...
इटहरीमा बैंककै कर्मचारीले चोरे बचतकर्ताको डेढ करोड रकम

इटहरीमा बैंककै कर्मचारीले चोरे बचतकर्ताको डेढ करोड रकम

सुनसरी । बचतकर्ताहरूले एभरेष्ट बैंकको इटहरी शाखामा जम्मा गरेको डेढ करोड भन्दा बढी रकम बैंककै कर्मचारीको मिलेमतोमा चोरी भएको छ । ३३ जना बचतकर्ताको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकका शाखा प्रबन्धकसहित नौं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंककै कर्मचारी हुन् भने दुई जना पैसा निकाल्न सघाउने व्यक्ति छन् । शाखा प्रबन्ध...
धनकुटाको साँगुरीगढीमा साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव (फोटो फिचरसहित)

धनकुटाको साँगुरीगढीमा साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित लेउतीमा शुक्रबार साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवर्द्धन समितिले सिंहदेवी सिंहशिला, साकेला केलाङ्ग पार्कमा एक दिने महोत्सव आयोजना गरेको हो । साकेला, केलाङ, उँभौली पूजाको अवसर पारेर आयोजना गरिएको महोत्सवको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले रिबन काटेर उद्घाटन गरे । म...
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गएराती खाम्लुङको दोभान बजारदेखि ढुङ्गे साँघुतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सिमाना सुन्तले नजिक देवीखोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिँवाका २० वर्षीय सन्दीप तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रह...
विराटनगरमा एक युवामाथि छुरा प्रहार

विराटनगरमा एक युवामाथि छुरा प्रहार

विराटनगर । विराटनगरको ट्राफिक चोकमा एक युवामाथि छुरा प्रहार भएको छ । आज दिउँसो करिब ३ः२० बजे विराटनगर–१५ का ३२ वर्षीय राहुल कुमार साहमाथि छुरा प्रहार भएको हो । विराटनगर–१२ का २८ वर्षीय दिपेन्द्र कामतले साहमाथि छुरा प्रहार गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । छुरा प्रहारबाट शाहको हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो...
इटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, २२ जना पक्राउ

इटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, २२ जना पक्राउ

सुनसरी । इटहरीको हलगढास्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले बुधबार छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । सेवाग्राही ठगेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक करार कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित लेखापढी सेन्टरका व्यक्तिहरू छन् । बजाज, होन्डा, यमाहा, भेस्वा लगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारी पनि समातिएका छन् । यातायात कार्या...
धनकुटामा सुरु भयो भ्रष्टाचार विरुद्धको अभियान

धनकुटामा सुरु भयो भ्रष्टाचार विरुद्धको अभियान

धनकुटा । धनकुटामा पनि भ्रष्टाचार विरुद्धको अभियान थालिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विशिष्ट व्यक्तिहरू पक्राउ परिरहेका बेला जिल्लामा पनि भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको हो । मानव अधिकार एलाइन्सले अगुवाइ गरेको अभियानमा अन्य सङ्घसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् । अभियान अन्तर्गत बुधबार धनकुटामा भ्रष्टाचार विरुद्धको नागरिक र्‍याली गरिएको छ । भ्रष्टाचारको विरोध गर्दै कालो ब्यानर...
मदन भण्डारीको सालिकमा माल्यार्पण

मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटा । नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटाको मदनचोकमा रहेको मदन भण्डारीको सालिकमा बुधबार बिहान माल्यार्पण गरेका छन् । ३० औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर एमाले धनकुटा र मदन भण्डारी फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीसहित नेताहरू निरन राई, शिव आङ्ला, निरेन तामाङ, तारा तितुङ लगायतले सालिकमा माल्यार्पण गरे । एमाले नेता कार्यकर्ताले...
अनाथ विद्यार्थीलाई अनेरास्ववियुले दियो शैक्षिक सामग्री

अनाथ विद्यार्थीलाई अनेरास्ववियुले दियो शैक्षिक सामग्री

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसर पारेर धनकुटाको श्रीपञ्चमी पार्कस्थित बालआश्रममा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश गिरी, धनकुटा बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष बुढाथोकी, उप-सभापति युवा ति...
भीमनारायण गोल्डकपको फाइनल खेल स्थगित

भीमनारायण गोल्डकपको फाइनल खेल स्थगित

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आज हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । पानी परेर खेल खेलाउन नसकिने अवस्था भएकाले आजका लागि निर्धारण गरिएको फाइनल खेल भोलि खेलाइने आयोजकले जनाएको छ । अब, भोलि दिउँसो २ बजे प्रतियोगिताको फाइनल खेल हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । ‘पानी परेर खेल मैदान हिलाम्मे भएको छ, अहिलेसम्म पानी रोकिएको छैन,’ खवासले संगालोखबरसँग...
धनकुटामा राष्ट्रिय युवा संघद्वारा बिरामीलाई फलफूल वितरण

धनकुटामा राष्ट्रिय युवा संघद्वारा बिरामीलाई फलफूल वितरण

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा सोमबार जिल्ला अस्पताल धनकुटाका बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ धनकुटाले फलफूल वितरण कार्यक्रम गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल प्रदान गरिएको थियो । नेकपा एमालेका अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य बलदीप राई, जिल्ला उपसचिव शिव आङ्ला...
धनकुटामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते

धनकुटामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेमा चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । जङ्गल गएका बेला चितुवाले आक्रमण गर्दा स्थानीय सविन याख्खा, भुवन याख्खा  र मुकेश याख्खा घाइते भएका हुन् । शनिवार दिउँसो करिब ३ बजे सुँगुरका लागि चारो खोज्न मौनाखोला मुत्तेदह नजिक जङ्गलमा गएका बेला उनीहरूलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते भुवन र मुशेकलाई उपचारका लागि धरानस्थित बीपी कोइराल...
नोबेलमा बन्यो नर्सिङ संघको भवन

नोबेलमा बन्यो नर्सिङ संघको भवन

विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्सहरुलाई बिरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ सङ्घलाई आफ्नो भू...
धनकुटामा हालसम्मकै धेरै गाँजा बरामद

धनकुटामा हालसम्मकै धेरै गाँजा बरामद

धनकुटा । धनकुटामा हालसम्मकै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनकुटा नगरपालिका-९ मूलघाटबाट एकैपटक पाँच सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा राखेर तराईतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान गाँजा फेला परेको धनकुटाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । प्लाष्टिकले प्याक गरेर १७ वटा बोरामा राखिएको अवस्थामा ट्रकमा गाँजा फेला परेको हो । गाड...
उद्योग संगठन मोरङको अध्यक्षमा सुराना निर्वाचित

उद्योग संगठन मोरङको अध्यक्षमा सुराना निर्वाचित

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्वाचित भएका छन् । संगठनको आज सम्पन्न निर्वाचनले सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/जलश्रोत) मा भोलेश्वर दुलाल, उपाध्यक्ष (रोजगारदाता) मा बिपिन कावरा र कोषाध्यक्षमा सुवोध ...
सर्पले टोक्दा १० महिने नाबालिकाको मृत्यु

सर्पले टोक्दा १० महिने नाबालिकाको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-८ डुम्राहामा गएराती सर्पको टोकाइबाट नाबालिकाको मृत्यु भएको छ । सर्पले टोक्दा स्थानीय दिनेश उरावकी १० महिनाकी छोरीको मृत्यु भएको हो । राती करिब साढे १० बजे उनलाई सर्पले टोकेको थियो । आफ्नै घरमा खेलिरहेका बेला मुसाको दुलोमा हात हाल्दा नाबालिकालाई सर्पले टोकेको बताइएको छ । सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लग्ने क्रममा बाटैमा उनको मृत्यु भएको जिल...
छथर जोरपाटी गाउँपालिकाद्वारा आगलागी पीडितलाई सहयोग

छथर जोरपाटी गाउँपालिकाद्वारा आगलागी पीडितलाई सहयोग

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित पाथिभराका आगलागीपीडित दुई परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीपीडित नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको परिवारलाई नगद र सामग्री प्रदान गरिएको हो । गत बुधबार सामुदायिक वनबाट आएको डढेलो बस्तीमा पस्दा नेत्रबहादुर र कृष्णको घर गोठ जलेर  नष्ट भएको थियो । दुवै परिवारलाई १५/१५ हजार नगद, लत्ताकपडा, खाद्यान्न, भाँडा लगायत सामग्री प्...
मोरङको राठी उद्योगमा भीषण आगलागी, आगो निभाउन १२ दमकल परिचालन

मोरङको राठी उद्योगमा भीषण आगलागी, आगो निभाउन १२ दमकल परिचालन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भएको छ । गएराती करिब २ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण भएको छैन । मोरङ र सुनसरीका १२ वटा दमकल परिचालन गरेर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । विराटनगर, उर्लाबारी, रामधुनी, रंगेली, पथरी, बेलवारी, सुन्दरहरैँचा, इटहरी, आयल निगम, विराटनग...
भीमनारायण गोल्डकपलाई धनकुटाको शान बनाऔँ: मेयर तामाङ

भीमनारायण गोल्डकपलाई धनकुटाको शान बनाऔँ: मेयर तामाङ

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहिद भीमनारायण गोल्डकपलाई धनकुटाको शान र गौरवका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको टुँडिखेलमा आयोजित भीमनारायण गोल्डकप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले जिल्लाको शान र गौरव गर्न लायक प्रतियोगिताको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । भीमनारायण गोल्डकप धनकुटाको मुख्य प्रतियोगिताको रुपमा रहेको भन्दै ...
तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् । बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,...
एकैरात २१ वटा टिभी चोरी, चोरीमा संलग्न दुई जना पक्राउ

एकैरात २१ वटा टिभी चोरी, चोरीमा संलग्न दुई जना पक्राउ

विराटनगर । टेलिभिजन चोरी गर्ने दुई जनालाई मोरङको बुढिगंगाबाट प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र १९ वर्षीय सन्दिप कुमार ऋषिदेवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । बुढीगंगा–४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट गत चैत २८ गते २१ थान टेलिभिजन सेट चोरी भएको थियो । राती गोदामको झ्यालको रड काटेर हाइसेन्स कम्पनीका ३९ इन्चका टेलिभिजन सेटहरु...
error: Content is protected !!