- सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित लेउतीमा शुक्रबार साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवर्द्धन समितिले सिंहदेवी सिंहशिला, साकेला केलाङ्ग पार्कमा एक दिने महोत्सव आयोजना गरेको हो ।

Advertisement

साकेला, केलाङ, उँभौली पूजाको अवसर पारेर आयोजना गरिएको महोत्सवको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले रिबन काटेर उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै अध्यक्ष राईले किराँतीहरूको बहुसांस्कृतिक स्थलको प्रदर्शन तथा संस्कृति पर्यटन आकर्षण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महोत्सवमा किराँतीहरूको सांस्कृतिक झाँकी देखाइयो । साकेला नाच, ढोल नाच लगायत पनि प्रस्तुत गरियो । कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवर्द्धन समितिका अध्यक्ष बलबहादुर राईले जानकारी दिए ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!