संगालोखबर सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङमा स्कारपियो दुर्घटना हुँदा आज एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा स्थानीय सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमनको मृत्यु भएको हो ।

Advertisement

गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउँदै गरेको स्कारपियो बिहान करिव साढे ८ बजे गुम्बा नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अंशुमनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्कारपियो सडकबाट करिब एक सय मिटर तल झरेको छ । दुर्घटनामा स्कारपियो चालक कृष्ण गुरुङ घाइते भएका छन् । आँखासहित शरीरका अन्य भागमा चोट लागेका कारण जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!