- संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित पिपल चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत छन् ।

आइतबार राती करिव साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किएको थियो ।

दुर्घटनामा भगत घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित रेडक्रस अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!