- सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर भ्याली सेकेण्डरी बोडिङ्ग स्कुलले कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीलाई सम्मान गरेको छ । विद्यालयको ३० औं अभिभावक दिवस तथा फडिन्द्रप्रसाद लुइटेलको १३ औं स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा सांसद पराजुलीलाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि लुइटेल र विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुइटेलले सांसद पराजुलीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रदेशको शान्ति, विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सांसद पराजुलीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

‘बामपन्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै कोशी प्रदेश सभाको प्रथम र दोस्रो पटकको निर्वाचनमा धनकुटाको क्षेत्र नं.२ वाट लोकप्रिय मतका साथ प्रदेश सभा सदस्य जस्तो गरिमामय पदमा निर्वाचित भई यस प्रदेशको शान्ति विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाले यो सम्मान पत्र प्रदान गरिएको छ,’ सांसद पराजुलीलाई दिइएको सम्मान पत्रमा लेखिएको छ ।

कार्यक्रममा सांसद पराजुलीले सम्मान प्रति तमोर भ्याली स्कुललाई धन्यवाद ज्ञापन गर्दै समाजलाई अग्रगामी बाटोमा अघि बढाउँन शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिन आफू पनि लागिपरेको उल्लेख गरे ।

कार्यक्रममा एउटा कक्षाबाट अर्को कक्षामा उत्तीर्ण हुँदा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!