संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटाको मदनचोकमा रहेको मदन भण्डारीको सालिकमा बुधबार बिहान माल्यार्पण गरेका छन् । ३० औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर एमाले धनकुटा र मदन भण्डारी फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीसहित नेताहरू निरन राई, शिव आङ्ला, निरेन तामाङ, तारा तितुङ लगायतले सालिकमा माल्यार्पण गरे । एमाले नेता कार्यकर्ताले सालिकमा माल्यार्पण गर्दै पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण गरे ।

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको ‘रहस्यमय’ जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । उनीहरूको स्मृति दिवसको अवसर पारेर देशभर बिभिन्न कार्यक्रम गरिने एमालेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!