संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा सोमबार जिल्ला अस्पताल धनकुटाका बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ धनकुटाले फलफूल वितरण कार्यक्रम गरेको हो ।

Advertisement

अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल प्रदान गरिएको थियो । नेकपा एमालेका अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य बलदीप राई, जिल्ला उपसचिव शिव आङ्ला, सचिवालय सदस्य उमेश घिमिरे, धनकुटा-१ का वडाध्यक्ष वाङ्दा तामाङ, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कला राई, जिल्ला अध्यक्ष प्रविण पोखरेल लगायतले बिरामीलाई फलफूल वितरण गरेका छन् ।

सो अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष पराजुलीले राष्ट्रिय युवा संघले सामाजिक र राजनीतिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको भन्दै प्रशंसा गरे । यसअघि राष्ट्रिय युवा संघले गत चैत १४ गते धनकुटामा रक्तदान कार्यक्रम पनि गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!