संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-४ मा जुवाको खालमा प्रहरीले गएराती छापा हानेर १५ जनालाई पक्राउ गरेको छ । तीन लाख भन्दा बढी नगद बरामद भएको छ ।
स्थानीय गणेश गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा राती करिब २ बजे प्रहरीले छापा हानेको हो । जुवाको खालबाट पाख्रीबास नगरपालिका-६ का ४२ वर्षीय बुद्धिमान राई, सोही स्थानका ६५ वर्षीय डिकबहादुर बस्नेत, पाख्रीवास-८ मुगाका ३३ वर्षीय रञ्जित राई, ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जीवन राई, ३४ वर्षीय दिनेश राई र ३८ वर्षीय नगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

त्यस्तै, पाख्रीवास-४ बुद्धचोकका ३९ वर्षीय रबिकुमार राई, ५२ वर्षीय लालबहादुर पाख्रिन, ४८ वर्षीय राजकुमार निरौला, ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देवेन्द्र पौडेल, ४२ वर्षीय सुम्निमा लिम्बू, धनकुटा नगरपालिका-१ हिलेका ५३ वर्षीय नन्दकुमार तामाङ र ५८ वर्षीय टिकाराम तामाङ पक्राउ परेका छन् ।

जुवाको खालबाट प्रहरीले १६ वटा कौडा र १६ हजार ५ सय नगद बरामद गरेको छ । पक्राउ परेकाहरूको साथबाट पनि २ लाख ९६ हजार ८ सय बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!