- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । माइती घर जाने क्रममा टेम्पु पल्टिँदा धनकुटा नगरपालिका–१ हिलेकी धनमायाँ तामाङको मृत्यु भएको छ । श्रीमान र छोरा घाइते भएका छन् । हिलेबाट भोजपुर नगरपालिका–९ स्थित माइती जाने क्रममा तामाङको परिवार सवार को २ ह ७४८५ नम्बरको टेम्पु गएराती करिब ११ः३० बजे अरुण गाउँपालिका–६ जरायोटारमा दुर्घटना भएको हो ।

टेम्पु पल्टिँदा ३९ बर्षीया धनमायाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा राती करिब २ बजे बाटैमा उनको मृत्यु भएको भोजपुरका प्रहरी प्रमुख सरदकुमार थापा क्षेत्रीले जानकारी दिए । ‘घाइतेलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भयो,’ डीएसपी क्षेत्रीले संगालोखबरसँग भने, ‘मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा राखिएको छ ।’

Advertisement

दुर्घटनामा परी मृतक धनमायाँका श्रीमान सोबिन तामाङ र छोरा मनोज घाइते भएका छन् । धनकुटा अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । दुर्घटनापछि टेम्पु चालक हिलेका ३४ बर्षीय रभिट तामाङलाई जरायोटार प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । टेम्पु सडकबाट करिब २० मिटर तल खसेको छ ।

तीव्र गतिका कारण टेम्पु दुर्घटना भएको अनुमान गरिएको भोजपुरका ट्राफिक प्रहरी प्रमुख नारद बस्नेतले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!