- संगालोखबर सम्बाददाता

सुनसरी । इटहरीको हलगढास्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले बुधबार छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । सेवाग्राही ठगेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक करार कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित लेखापढी सेन्टरका व्यक्तिहरू छन् । बजाज, होन्डा, यमाहा, भेस्वा लगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारी पनि समातिएका छन् ।

यातायात कार्यालयमा आउँने सेवाग्राहीसँग बढी पैसा असुलेर ठगी गर्ने गरेको गुनासो बढेपछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनीहरूको साथबाट यातायात कार्यलयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक र १५ वटा फाइल फेला परेको छ । त्यस्तै, विभिन्न छापहरू पनि प्रहरीले बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!