संगालोखबर

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ स्थित तेली खोलाबाट ढुंगा ओसार्दै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोलाबाट ढुंगा लैजान लोड गर्दै गरेको अवस्थामा भेटेर प्रहरीले ट्याक्टरसहित दुई जना चालकलाई पनि पक्राउ गरेको हो ।

Advertisement

तेली खोलाको पुल नजिकै ढुंगा लोड गर्दै गरेको अवस्थामा को २ त २२२० नम्बर र को २ त ५४३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।

२२२० नम्बरको ट्याक्टरका चालक स्थानीय २५ वर्षीय नरबहादुर तामाङ र ५४३ नम्बरको ट्याक्टरका चालक स्थानीय २१ वर्षीय विवेक लामगादेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई कारवाहीका लागि लेटाङ नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!