संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा आज साँझ दुई वटा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । विराटनगरबाट सिधुवातर्फ जाँदै गरेको को २६ प ३०६८ नम्बरको  मोटरसाइकल र हिलेबाट कागतेतर्फ आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी ९६८ नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा नगरपालिका-१ निगालेकी करिब ५० वर्षीय ठोमादेवी सिंह ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा सोही मोटरसाइकलका चालक धनकुटा नगरपालिका-३ कागतेका ५० वर्षीय इन्द्रखाड ठकुरी, अर्को मोटरसाइकलका चालक विराटनगर-१ का २० वर्षीय रोशन तामाङ घाइते भएका छन् । पछाडि सवार अर्को एक जना पनि सामान्य घाइते छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको हिले प्रहरी चौकीका प्रहरी नायब निरीक्षक दीपक कटुवालले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ठकुरी उछिट्टिएर गुडिरहेको प्रदेश १-०२-००२ ख ०४७४ नम्बरको ट्रकको मुनी छिरेकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!