संगालोखबर सम्बाददाता

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्वाचित भएका छन् । संगठनको आज सम्पन्न निर्वाचनले सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/जलश्रोत) मा भोलेश्वर दुलाल, उपाध्यक्ष (रोजगारदाता) मा बिपिन कावरा र कोषाध्यक्षमा सुवोध कोइराला निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपक कुमार अग्रवाल र बिरेन्द्र राठी निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल आगामी २ वर्ष हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!