- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-८ डुम्राहामा गएराती सर्पको टोकाइबाट नाबालिकाको मृत्यु भएको छ । सर्पले टोक्दा स्थानीय दिनेश उरावकी १० महिनाकी छोरीको मृत्यु भएको हो ।

राती करिब साढे १० बजे उनलाई सर्पले टोकेको थियो । आफ्नै घरमा खेलिरहेका बेला मुसाको दुलोमा हात हाल्दा नाबालिकालाई सर्पले टोकेको बताइएको छ ।

Advertisement

सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लग्ने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!