एकैरात २१ वटा टिभी चोरी, चोरीमा संलग्न दुई जना पक्राउ
विराटनगर । टेलिभिजन चोरी गर्ने दुई जनालाई मोरङको बुढिगंगाबाट प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र १९ वर्षीय सन्दिप कुमार ऋषिदेवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बुढीगंगा–४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट गत चैत २८ गते २१ थान टेलिभिजन सेट चोरी भएको थियो । राती गोदामको झ्यालको रड काटेर हाइसेन्स कम्पनीका ३९ इन्चका टेलिभिजन सेटहरु...































