छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल बुधबार साँझ करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी रतुवामाई–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । छोरा २९ वर्षीय दिनेशकुमार साहले मोटरसाइकल चलाएका थिए, आमा मानकीदेवी मोटरसाइकलको पछाडि बसेकी थिइन् । अ...































