संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरबाट २० तोला सुन र ३६ केजी चाँदी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास छन् ।

Advertisement

जेठ ३ गते विराटनगर–३ का जय किशोर चौधरीको घरमा २० तोला सुन र ३६ केजी चाँदी चोरी भएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनाको अनुसन्धानका लागि ८ जनाको टोली परिचालन गरेर सूक्ष्म अनुसन्धान थालेको थियो । सोही क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले जेठ १० गते राती पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ ।

जयकिशोर र ज्योतीप्रसाद खाँले साझेदारीमा सञ्चालन गरेको ज्वेलर्सका सामानहरु चौधरीको घरमा राख्ने गरेका थिए । सोही सामान चौधरीको घरैबाट चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरु चौधरीकै छिमेकी वा चिनेजानेकै व्यक्तिहरु भएको आशङ्कामा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनास्थल आसपासका केही व्यक्तिहरुको निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

उनीहरुले चोरी गरेको सुन भारतीय बजारमा बेचेका थिए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३५ केजी चाँदीसहित २ हजार ५ सय भारतीय रुपैयाँ, १ हजार ७ सय ३० नेपाली रुपैयाँ र २ थान मोबाइल बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये विवेक चोरी मुद्दामा ९ महिनाको सजाय भुक्तान गरी बैशाख २८ गते छुटेका हुन् भने श्रीकान्त डाका मुद्दामा २० महिनाको सजाय भुक्तान गरी असोज ३ गते छुटेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!