संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसर पारेर धनकुटाको श्रीपञ्चमी पार्कस्थित बालआश्रममा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

Advertisement

अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश गिरी, धनकुटा बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष बुढाथोकी, उप-सभापति युवा तिम्सिना लगायतले कपी, कलम लगायत शैक्षिक सामग्री प्रदान गरेका छन् । द्वन्द्वकालमा विभिन्न कारणले अभिभावकविहीन भएका बालबालिकाहरू उक्त बालआश्रममा बस्दै आएका छन् ।

उनीहरूलाई पठनपाठनमा सहजता प्रदान गर्न स्थापना दिवसको अवसर पारेर शैक्षिक सामग्री प्रदान गरिएको धनकुटा बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढाथोकीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!