- गोमा ढुंगाना/संगालोखबर
तस्वीर सौजन्य : प्रेम देवान

विराटनगर । विराटनगरको ट्राफिक चोकमा एक युवामाथि छुरा प्रहार भएको छ । आज दिउँसो करिब ३ः२० बजे विराटनगर–१५ का ३२ वर्षीय राहुल कुमार साहमाथि छुरा प्रहार भएको हो ।

विराटनगर–१२ का २८ वर्षीय दिपेन्द्र कामतले साहमाथि छुरा प्रहार गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । छुरा प्रहारबाट शाहको हातमा गम्भीर चोट लागेको छ ।

Advertisement

उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम लगिएको छ ।

छुरा प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार राहुल र दिपेन्द्र साथी-साथी हुन् । दिपेन्द्रले आफ्नै साथीमाथि छुरा प्रहार गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!