एक मत अपुग हुँदा कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार
विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव एक मत अपुग भएर अस्वीकृत भएको हो ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ सांसदले समर्थन गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे । ९३ सांसद रहेक...






























