संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ कोल्डस्टोरका बेलबहादुर राई आज बिहान मृत फेला परेका छन् । स्थानीय फोक्लेण्डटापुस्थित सडक तल्तिर खोल्सीमा ४२ वर्षीय राईको शव फेला परेको हो ।

Advertisement

बिहान करिब ९ः३० बजे स्थानीयवासीले खोल्सीमा शव भेटेका हुन् । हिजो साँझ नै घरबाट निस्किएका उनी नफर्किएपछि खोजी भइरहेको थियो । शव भेटिएको खबर पाएपछि पुगेको प्रहरी टोलीले मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ ।

उनको मृत्युको कारण खुलेको छैन । बाटो हिड्ने क्रममा लडेर खोल्सीमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

वैदेशिक रोजगारीबाट फर्किएका राई केही समययता गाउँमै बस्दै आएका थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । उनकी आमाको पनि दुई महिना अघि मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!