- संगालोखबर सम्बाददाता

धनकुटा । प्रेस चौतारी धनकुटाको वार्षिक साधारण सभा आगामी शनिवार हुने भएको छ । चौतारी जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

Advertisement

चौतारीका जिल्ला अध्यक्ष रविन कटेलको अध्यक्षतामा बसेको बैठकले साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न चार वटा उपसमिति निर्माण गरेको छ ।

उपाध्यक्ष विश्वराज श्रेष्ठको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन, सचिव भीम मल्लको संयोजकत्वमा मञ्च व्यवस्थापन, कोषाध्यक्ष रविन्द्र रनपएलीको संयोजकत्वमा आर्थिक व्यवस्थापन र सदस्य सन्तोष सुवेदीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण गरिएको हो ।

साधारण सभा उद्घाटनका लागि चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत आउँने भएका छन् । २०७८ पुस २९ गते सम्पन्न नबौं जिल्ला अधिवेशनबाट चौतारी धनकुटाको वर्तमान कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको तीन वर्षे कार्यकालमा पहिलो पटक वार्षिक साधारणसभा गर्न लागिएको हो । साधारण सभामा चौतारीको आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!