- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भएको छ । गएराती करिब २ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण भएको छैन ।

Advertisement

मोरङ र सुनसरीका १२ वटा दमकल परिचालन गरेर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । विराटनगर, उर्लाबारी, रामधुनी, रंगेली, पथरी, बेलवारी, सुन्दरहरैँचा, इटहरी, आयल निगम, विराटनगर विमानस्थल लगायतका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

उद्योगी राजेन्द्रकुमार राठीले सञ्चालन गरेको यो उद्योगले बिजुलीका बल्ब र स्विच उत्पादन गर्दै आएको थियो । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि आगलागीको यकिन कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!