- संगालोखबर सम्बाददाता

धनकुटा । पानी शुद्धिकरण गर्ने फिल्टरसहितका सामान उत्पादन गर्दै आएको महेन्द्रा वाटर प्यूरिफायर कम्पनीले धनकुटामा शाखा विस्तार गरेको छ । धनकुटा सदरमुकाममा औपचारिक कार्यक्रम गरेर कम्पनीले आफ्नो शाखा उद्घाटन गरेको हो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले दीप प्रज्वलन गरेर शाखा उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले धनकुटा नगरवासीलाई पर्याप्त र शुद्ध पिउने पानी उपलब्ध गराउँन आफू लागिपरिरहेको बताए । उनले महेन्द्रा वाटर प्यूरिफायर कम्पनीलाई गुणस्तरीय फिल्टर विक्री गरेर उपभोक्ताको मन जित्न शुभकामना पनि दिए ।

कार्यक्रममा महेन्द्रा वाटर प्यूरिफायर कम्पनीका कोशी प्रदेश प्रमुख भविन्द्र चौलागाइँले गुणस्तरीय एवं भरपर्दो सामान उत्पादन गर्ने भएका कारण महेन्द्रा वाटर प्यूरिफायर कम्पनी प्रति ग्राहकको आकर्षण बढिरहेको बताए ।

सो कम्पनीले पूर्वी पहाडी जिल्लामा पहिलो पटक धनकुटामा शाखा विस्तार गरेको हो । मकवानपुरको हेटौंडा मुख्य कार्यालय रहेको सो कम्पनीले यसअघि कोशी प्रदेशका सुनसरी, मोरङ, झापा लगायत जिल्लामा पनि शाखा विस्तार गरेर फिल्टर बिक्री गर्दै आएको छ ।

कम्पनीले ग्राहकहरूलाई फिल्टरको डेलिभरी र जडान निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । त्यस्तै, ग्राहकलाई ‘लाइफटाइम’ निःशुल्क सर्भिस पनि दिइने कम्पनीका धनकुटा शाखा प्रमुख विशाल श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!