रबिन कटेल
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गएराती खाम्लुङको दोभान बजारदेखि ढुङ्गे साँघुतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सिमाना सुन्तले नजिक देवीखोल्सामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिँवाका २० वर्षीय सन्दीप तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

दुर्घटनापछि ट्याक्टर चालक कुशल लिम्बू फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement