संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित पाथिभराका आगलागीपीडित दुई परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीपीडित नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको परिवारलाई नगद र सामग्री प्रदान गरिएको हो ।

Advertisement

गत बुधबार सामुदायिक वनबाट आएको डढेलो बस्तीमा पस्दा नेत्रबहादुर र कृष्णको घर गोठ जलेर  नष्ट भएको थियो । दुवै परिवारलाई १५/१५ हजार नगद, लत्ताकपडा, खाद्यान्न, भाँडा लगायत सामग्री प्रदान गरिएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी लगायतले नगद र सामग्री हस्तान्तरण गरेका छन् । उनीहरूलाई तत्कालका लागि पालिकाको तर्फबाट जस्तापाता उपलब्ध गराइने र घर निर्माणमा सहयोगका लागि माथिल्लो निकायमा सिफारिससमेत गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!