- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ ।

तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!