संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । खाँदबारीमा डेरा गरी बस्दै आएकी २१ वर्षीया युना दर्नाललाई आज बिहान सभापोखरी गाउँपालिका–१ का २१ वर्षीय नन्दराम गदालले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

Advertisement

खुकुरी प्रहारबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रेमिकाको हत्या गरेपछि गदालले आफूलाई पनि पेटमा खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल खाँदबारीमा उनको उपचार भइरहेको छ ।

सभापोखरी–१ की दर्नाल खाँदबारीमा डेरा लिएर बस्दै आएकी थिइन् । गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएका थिए । गएराती उनीहरु दुबै जना दर्नालको डेरामा सँगै बसेका थिए । बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका हुन् ।

हत्याको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!