संगालोखबर
मोटरसाइकल पार्किङ गरिएको स्थान र चोरी गर्ने व्यक्ति ।

विराटनगर । विराटनगरका पत्रकार शम्भु पोखरेलको मोटरसाइकल चोरी भएको छ । विराटनगर-१० मा पार्किङ गरेर राखिएको अवस्थामा शुक्रवार बिहान पत्रकार पोखरेलको को ३२ प ३५४२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको हो ।

चोरले मोटरसाइकल लगेको दृष्य सीसीटीभी क्यामेरामा पनि कैद भएको छ । पार्किङ गरेर हिँडेको केही समयपछि नै चोरले मोटरसाइकल लगेको पोखरेलले बताए । ‘बिरामी हेर्नका लागि न्युरो अस्पताल गएको थिए । अस्पताल भन्दा अलिक पर्तिर पार्किङ गरेर अस्पताल पसे,’ पोखरेलले भने, ‘एकछिन पछि आउँदा त मोटरसाइकल लगिसकेछ ।’

Advertisement

मोटरसाइकल चोरी भएको विषयमा पोखरेलले जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराएका छन् । विराटनगरमा चोरीका घटना दिनप्रतिदिन बढिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!