- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेमा चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । जङ्गल गएका बेला चितुवाले आक्रमण गर्दा स्थानीय सविन याख्खा, भुवन याख्खा  र मुकेश याख्खा घाइते भएका हुन् ।

शनिवार दिउँसो करिब ३ बजे सुँगुरका लागि चारो खोज्न मौनाखोला मुत्तेदह नजिक जङ्गलमा गएका बेला उनीहरूलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते भुवन र मुशेकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सविनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!