- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आज हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । पानी परेर खेल खेलाउन नसकिने अवस्था भएकाले आजका लागि निर्धारण गरिएको फाइनल खेल भोलि खेलाइने आयोजकले जनाएको छ ।

Advertisement

अब, भोलि दिउँसो २ बजे प्रतियोगिताको फाइनल खेल हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । ‘पानी परेर खेल मैदान हिलाम्मे भएको छ, अहिलेसम्म पानी रोकिएको छैन,’ खवासले संगालोखबरसँग भने, ‘अब पानी रोकियो भने पनि ढिलो भइसकेकाले आज खेल खेलाउन सम्भव भएन ।’

बैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ः४५ बजेका लागि निर्धारण गरिएको थियो । प्लानिङ ब्वाइज क्लब काठमाडौं र वीरगञ्ज युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!