- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा कुसुमकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । प्रतिष्ठानको चौथो साधारणसभाले माओवादी नेतृ श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा खगेन्द्र विष्ट र नगेन्द्र गहतराज, महासचिवमा विष्णुमाया कन्दङ्वा, सचिवमा दुर्गा खजुम सुब्बा र कोषाध्यक्षमा भीम खेवा निर्वाचित भएका छन् । सदस्यहरूमा रोम बाजिम्पाक, शुक्रि राई, सरिता बराइली, भरतसिंह राई र ओमप्रकाश निरौला चयन भएका छन् ।

Advertisement

स्व.खेवाकी पत्नी एवं छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवालाई प्रतिष्ठानको संरक्षक चयन गरिएको छ ।

सल्लाहकारमा हेमराज भण्डारी, धनमाया वि.क., ऋषिराम ढुंगाना, तिलकप्रसाद राई, तोर्णदिप तिगेला, ढुण्डिराज थापा, मोहनदास गुरुङ, विष्णु पारघरी, इश्वरीप्रसाद ओझा, उमेश राई र यमबहादुर बस्नेत चयन भएका छन् ।

पूर्व अर्थराज्यमन्त्रीसमेत भएका माओवादी नेता खेवाको २०७३ साउन १३ गते धनकुटाको सिधुवामा बस दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा ०७३ भदौ ५ गते प्रतिष्ठान स्थापना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!