२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ
विराटनगर । धनकुटाको सँगुरीगढी गाउँपालिका-९ का ३४ वर्षीय भूपाल राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-११ बाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी हाल धरानमा बस्दै आएका थिए । यस्तै विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
य...



























