चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान
विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ ।
दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...



















