
विराटनगर । मोरङको केराबारी-८ बाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ आमजुंगी सामुदायिक वनमा सिकार गर्न गएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी-८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् । यस्तै सोही स्थानका ३५ वर्षीय धनबहादुर लिम्बु फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।